तुलसीपुर, २५ फागुन
यातायात व्यवसायी बामदेव खनालले राप्ती अञ्चल सार्वजनिक यातायात वस व्यवसायी समितिको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । विगत लामो समय देखिको सहमतिय प्रयास असफल भएपछि विगत १८ बर्ष देखि यातायात क्षेत्रमा कृयासील खनालले बरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिनुभएको हो । यातायात व्यवसायीको माग र व्यवसायीक हक हितका लागि उम्मेदवारी दिएको खनालालले बताए । यस अघि खनाल, समितिको सचिव, उपाध्यक्ष र सल्लाहाकारको भूमिकामा रहेर कुसलतापूर्वक जिम्मेवारी निर्भाह गरिसकेका छन् ।
प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार