तुल्सिपुर २५ फागनु ।
राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिको ३७ औ साधारणसभा तथा १७ औ अधिवेशनको सम्पुर्ण तयारि पुरा भएको छ । आज २५ र २६ गते तुलसीपुरमा हुने अधिवेशनको स्टेज निमार्ण , प्रतिवेदन निमार्ण , अतिथि आमण्त्रण लगाएतका सम्पुर्ण तयारि पुरा भएको समितिले जनाएको छ ।
अधिवेशनको उदघाटन आज बिहान यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले गर्ने कार्यक्रम रहेको छ । उदघाटनका लागी प्रमुख अतिथि कर्माचार्य लगाएतका अतिथिहरु दाङ आई सकेको समेत जनाईएको छ । त्यस्तै अधिवेशन उदघाटन कार्यक्रममा नेपाल भरका यातायात ब्यवसायी समितिहरुलाई अतिथिको रुपमा आमण्त्रण गरिएको समितिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारि दिनुभयो ।
साथै आज हुने उदघाटनका क्रममा समितिमा रहि उत्कृष्ट कार्य गर्ने कर्मचारि , चालक , सहचालक , हेल्पर र बिभिन्न सहयोगी संस्थाहरु तथा पत्रकारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको समितिका प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले बताउनु भयो ।
समितिको अधिवेशनले नयाँ नेत्रृत्व समेत चयन गर्दै २६ गते सम्पन्न हुने छ । अधिवेशनका लागी आज निर्वाचन समितिले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसका लागी आज २५ गते मतदाता नामावलि सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै आज नै उम्मेदवारको मनोनयन दर्ता समेत हुने जनाईएको छ । जसका लागि मध्यान्न १२ बजे देखि दिउसो ३ बजे सम्म समय तय गरिएको छ । भने मतदान २६ गते बिहान ९ बजे देखि ४ बजे सम्म हुने निर्वाचन अधिकृत प्रविण लम्सालले जानकारि दिनुभयो । निर्वाचन कार्यतालिका सार्वजिनक गरिए पनि सर्वसहमतिको प्रयास भने जारि रहेको बताईएको छ ।
सर्वसहमति गराउनका लागि सल्लाहकार खडक बहादुर वुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय समिति समेत बनेको छ । समितिले सर्वसहमतिको प्रयास पनी जारि राख्ने जनाएको छ । यसैविच समितिका अध्यक्ष सुरेश हमाल र प्रशासनिक सचिव नारायण न्यौपानेले आज एक बिज्ञप्ति जारि गरि आज हुने अधिवेशन उदघाटन कार्यक्रममा उपस्थीतिका लागी सम्पुर्णमा अनुरोध गर्नु भएको छ ।