महिलाहरु आथिर्क समृद्धि तर्फ लाग्नु पर्छ: शाक्य

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, २४ फागुन ।

आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामिण तथा शहरी महिलाको जिवन स्तरमा रुपान्तरण , हामी महिला पहिला , आशन र शासनमा भन्ने नाराका साथ तुलसीपुर उपमहानगरपालिका कार्यालयले तुलसीपुरमा बृहत कार्यक्रमको आयोजना गरीएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सुजीता शाक्यले अव हरेक महिलाहरु आथिर्क समृद्धि तर्फ लाग्नु पर्ने बताउनुभएको छ । आर्थिक समृद्धिले मात्र देश समृद्ध हुने भन्दै अव महिलाहरु आर्थिक सुधार तर्फ उन्मुख हुनु पर्नेमा जोड दिनुभयो । महिलाहरुले आर्यआर्जन गर्नका लागी उत्पादनमुलक तथा सिपमुलक तालिम तथा कार्यक्रमहरुको योजना बनाउन उहाँले आग्रह गर्नुभयो ।

महिलाहरु संगठित हुदैनन् तव सम्म अधिकार सुनिश्चित नहुने भन्दै त्यसका लागी सवै महिलाहरु संगठित हुन आबश्यक रहेको बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरका प्रमुख घनशयाम पाण्डे, नेकपा एमाले जिल्ला कमिटि दाङका अध्यक्ष टिकाराम खड्का, सम्वाद समुह क्षेत्रिय सचिवालय सदस्य सुसील वस्नेत, मानव अधिकारकर्मी निर्मल नेपाली,राष्टिय समाचार समितिकाराप्ती अन्चल प्रमुख नारायणी रजौरे, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य पवित्रा केसी,आदीवासी तथा जनजातीको तर्फबाट कल्पना चौधरी, गैरसरकारी संस्थाको तर्फबाट नानीमैया वली,अपाङगको तर्फबाट देवा डाँगी लगाएतले बोलेका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले कार्यपत्र प्रस्तुत गरे थिईन भने कार्यपत्रको टिप्पनी महिला अधिकारकर्मी सुस्मा गिरी, र सिमा न्यौपानेले गरेकि थिईन । उपप्रमुख आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ७ जना श्रमिक महिलाहरुलाई सम्मान गरीएको थियो । जसमा अनिता विक, शान्ता नेपाली,पवित्रा वादी, मनकुमारी चौधरी, सिता चौधरी, भिमा बस्नेत र पार्वती विक रहेका छन् । उनीहरुलाई डकर्मी,कटाई सिलाई लगाएतको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै सम्मान गरीएको थियो ।

तुलसीपुर नगरसभाका सदस्य युवा कराराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य जानका रेग्मीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया