धर्मलाई सामाजिक हितमा प्रयोग गर्नुपर्छ : मेयर पाण्डे

तुलसीपुर, २४ फागुन ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले धर्मको नाममा आफनो जय र अर्काको पराजय माग्न नहुने बताउनुभएको छ । बृद्धसेवा समिति जेष्ठ नागरिक समाजले बिहीबार देखि तुलसीपुर उपहानगरपालिका १२ रझेनामा आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै मेयर पाण्डेले यस्तो बताउनुभएको हो ।धर्म भनेको हाम्रो पहिचान चिनारी भएको भन्दै पाण्डेले धर्मलाई समाजिक हितका लागि प्रयोग गर्नु पर्ने बताउनु भयो ।

‘गुरुयोजना बनाएर ल्याउनुस,’ मेयर पाण्डेले भन्नुभयो, ‘यस वृद्धाश्रमलाई नमूना र वृद्धहरु रमाउने खालको वतावारण गराउँछौ । जहाँ नयाँ पुस्ताले यहाँ आएर केहि नयाँ कुरा सिकोस ।’ योग, आयुर्वेद र पञ्चकर्मको विकासमा ध्यान दिएमा मात्रै यसको विकास हुने उहाँले बताउनुभयो । बृद्धाश्रमको स्तरोन्नति र भौतिक पूर्वाधार विकासका लागि संचालीत ज्ञान महायज्ञ फागुन ३० गते सम्म एक हप्ता सम्म चल्ने छ ।

समाजका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा महिला अधिकारकर्मी सुष्मा गिरी, जग्गादाता नारायण प्रसाद गौतम, शिक्षाप्रेमी माधव लामीछाने, तुलसीपुर उपमहानगरापलिका – १२ का वडा अध्यक्ष श्याम डाँगी, लगाएतले पवित्र कार्य भएकाले सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको संचालन इन्द्र बहादुर बुढाथोकी गर्नुभएको थियो । यस अघि संचालन भएको महापुराणमा नारायाण गौतमले तुलसीपुर उपमहानगर पालिका १२ रझेनामा एक विघाह जग्गा उपलब्ध गराएपछि अहिले सोही ठाउँमा बृद्धाश्रमका लागि भवन निर्माण गरिएको छ ।

 

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया