प्रथम मेयरकप प्रतियोगितामा चार वडाको वजयी सुरुवात

ओपेन्द्र बस्नेत

तुलसीपुर, २३ फागुन/ दाङको तुलसीपुर उपमहानगरपालिका – १२ स्थित ववई नदिको विच टापुमा पहिलो पटक प्रथम मेयरकप विच भलिबल प्रतियोगिता सुरु भएको छ । नदिको विचमा बालुवामा २÷२ जनाको संख्यामा खेलिने भलिबल प्रतियोगितालाई विच प्रतियोगिता भन्निछ ।

प्रतियोगितामा पुरुष तर्फ १७ र महिला तर्फ १० समूहको सहभागिता रहेको प्रचार प्रसार समितिका संयोजक लक्ष्मण बस्नेतले जानकारी दिएका छन् । यसैविच बुधबार भएको खेलमा वडा नं. ११, १२, १५ र  १८ ,  ले विजयी सुरु वात गरेका छन् ।

वडा नम्बर १८ र ६ का विचमा भएको पहिलो खेलमा २१–९–२१–१२ को सोझोसेटले हराउदै वडा नम्बर १८ विजयी भएको छ । त्यसैगरी खेलमा वडा नम्बर १५ र ८ का विच भएको दोस्रो खेलमा खेलमा २–१ को सोझो सेटले हराउदै वडा नम्बर १५ विजयी भएको छ ।

त्यस्तै वडा नम्बर १२ र १७ का विचमा भएको खेलमा २१–९–२१–१२ को सोझो सेटले हराउदै वडा नम्बर १२ विजयी भएको छ । वडा नम्बर २ र ११ का विचमा भएको भएको खेलमा २१–११–२१–१३ को सोझो सेटले हराउदै वडा नम्बर ११ ले विजयी यात्रा तय गरेको छ । विहिबार  विहान साढे सात बजेबाट सुरु हुने पहिलो खेल, वडा नम्बर १६ र १० र दोस्रो खेल वडा नम्बर १ र १३ का विच हुने छ । प्रतियोगिता शुक्रबार सम्म संचालन हुने छ । प्रतियोगितामा पहिलो, दोस्रो,र तेस्रो हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने छ ।

ववई नदिको उद्गम स्थल दाङ हो भन्ने प्रचार प्रसार गर्न र पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले विच भलिबल प्रतियोगिताको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुरलाइ स्र्माट स्र्पोट्स क्षेत्रका रुपमा विकास गर्न प्रतियोगिताले सहयोगी भूमिका निर्वाह गर्ने भन्दै तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले बताए । ‘तुलसीपुरलाई स्मार्ट सिटी र स्मार्ट स्र्पोटसका रुपमा विकास गर्न यस्तो प्रतियोगिताले ठूलो महत्व राख्छन्, मेयर पाण्डेले भने,‘ सबै दृष्टिकोणले विकास भयो भने पर्यटको आगमन हुन्छ र आर्थिक समृद्धिमा सहयोग पु¥याउछ ।’

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया