तुलसीपुरमा विच भलिबल प्रतियोगिता सुरु

तुलसीपुर, २३ फागुन
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेले खेल स्वस्थ जिवनका लागि महत्व पूर्ण आधार भएको बताउनु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले बबै नदिको टापुमा आयोजना गरेको प्रथम मेयरकप विच भलिबल प्रतियोगिताको उद्घाटन गर्दे मुख्य मन्त्री पोखरेलले खेल प्रतियोगितका माध्यमबाट साना साना देशले विश्व सामू आफनो झण्डा फहराएको भन्दै देशलाई पनि चिनाउने काम गरेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशव विष्टले तुलसीपुर उपमहानगरपालिका पहिचान खेकूदको माध्यमले विश्व सामु परिचित हुने बताउनु भयो ।

खेल क्षेमा लाग्ने छोराछोरी विग्रीन्छन र पढ्दैनन भन्ने भ्रम त्याग्न आग्रह गर्दै जति धेरै खेल्यो त्यति धैर खेलाडीहरु निरोगी हुने सचिव विष्टले बताउनुभयो । पर्सी सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फ १७ र महिला तर्फ १० समूहको सहभागिता रहेको तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले बताउनु भयो । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार प्रदान गरिने छ । दाङमा यो खेल पहिलो पटक हुनलागेको हो ।

 

 

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया