लक्ष्मण विश्वकर्मा, तुलसीपुर २२ फागुन ।
डाँका चोरी मुद्धामा फरार दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१८ बस्ने १६ वर्षिय प्रकाश बुढा मगर र वडा नम्वर १७ का १६ वर्षकै मिलन श्रीस मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिएकी छन् ।
उनीहरुले यहि फागुन १९ गते घोराही उपमहानगरपालिका वडा नं.१७ गैरागाउ स्थित ४७ वर्षिय जित बहादुर मोहरालाई धारिलो हतियार देखाई ८० हजार २ सय रुपैया लिएर फरार भएका थिए ।
फरार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा न.१ हर्नोक जंगलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरिक्षक सिहंले जानकारी दिईन । उनीहरुलाई चोरी मुद्धा अन्र्तगत मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको उनले बताएकी छिन् ।
प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार