२०८३ बैशाख १० गते बिहिवार

तुलसीपुरको मिलनचोकबाट लागु औषध सहित एक जना पक्राउ

सांकेतिक तस्विर

तुलसीपुर, १० बैशाख । प्रहरीले तुलसीपुर ४ स्थित मिलनचोकबाट गएराती लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर १७, बनकट्टी बस्ने वर्ष २० का विकास बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले गएराती साढे दश बजेको समयमा मिलनचोक स्थित तुलसीपुरबाट गोठीखोलातर्फ जाँदै गरेको रा ४ प ६६९७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा लागु औषध सहित मगरलाई पक्राउ गरिएको सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका मगरको साथबाट ८ ग्राम ४०० मिलिग्राम लागु औषध -ब्राउन सुगर) समेत बरामद गरिएको छ । पक्राउ परेका मगर माथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । यसअघि तुलसीपुर प्रहरीले बसपार्क क्षेत्रबाट लागु औषध सहित तिन जनालाई पक्राउ गरेको थियो भने घोराहीमा चार जनालाई पक्राउ गरिएको थियो । प्रहरीले पछिल्लो समय लागुऔषध सेवन,ओसारपसार नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले निगरानीलाई थप कडाई गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार
प्रतिक्रिया