२०८३ बैशाख १० गते बिहिवार

प्युठानमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु,२१ जना घाईते

फोटो फाईल

दाङ, १० बैशाख । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा २१ जना घाइते भएका छन् भने जसमा ५ जना बालबालिका रहेको प्रहरीले बताएको छ ।जिप सडकबाट करिब २५–३० मिटर तल खसेर दुर्घटना भएको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको थियो । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार
प्रतिक्रिया