तुलसीपुर, २९ असार । काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुदा २९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सल्यानको बागचौर नगरपालिका–१० निवासी ७७ वर्षीय देवी बुढाथोकी, सारदा नगरपालिका–१२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी, दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ३५ वर्षीय श्रीधर अधिकारी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका–३ का २१ वर्षीय कोसिस गौतम, सल्यानको शिद्ध कुमाख गाउँपालिका–२ निवासी १९ वर्षीया अनिता चलाउने, दाङको घोराही उपमहानगरपालिका–१८ निवासी ५२ वर्षीया सचिला नेपाली, अर्घाखाँचीको सितगंगा नगरपालिका–८ बस्ने ६० वर्षीया टुक कुमारी श्रेष्ठ, सल्यानको बागचौर नगरपालिका–१० का २५ वर्षीय चित्र प्रसाद धिताल, रोल्पाको परिवर्तन गाउँपालिका–३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा डिएसपी मोहनमणी अधिकारीले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका–४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पाको गंगादेव गाउँपालिका–३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वतको मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीम बहादुर बिक, सल्यानकै बागचौर नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्र बहादुर बिक, दाङको तुलसीपुर उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीया ललित शर्मा, रोल्पाको गंगा देव गाउँपालिका–३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुराको आलीताल गाउँपालिका–४ का २२ वर्षीय विशाल बोहरा, दाङको दंगिशरण गाउँपालिका–२ बस्ने २४ वर्षीय शर्मिला नेपाली, सल्यानको छत्रेश्वरी गाउँपालिका–३ बस्ने ४२ वर्षीय रश्मी बोहरा र दाङको घोराही उपमहानगरपालिका–११ बस्ने ३९ वर्षीय वेद बहादुर वली घाइते भएको डिएसपी अधिकारीले बताउनुभयो ।
प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको यात्रुबहाक बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलबस्तुको बुद्धभूमि नगरपालिका–९ वेलनदीमा आज बिहान ४ बजेको समयमा दुर्घटनामा परेको हो । चालकसहित ३० जना सवार रहेको बस दुर्घटनामा परी घाइते भएका २९ जनामध्य ३ जनाको अवस्था गम्भिर रहेको छ भने २० जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जसमध्य ६ जनालाई थप उपचारको लागी बुटवल पठाइएको र १० जना उपचारपछी डिस्चार्ज भइसकेको तथा १३ जनाको सञ्जीबणी सामुदायीक अस्पताल चन्द्रौटामा उपचार भइरहेको डिएसपी अधिकारीले बताउनुभयो । बस चालक प्रहरीको् सम्पर्कमा रहेको जनाइएको छ । बस आफै अनियन्त्रित भएर पल्टिएको भन्दै डिएसपी अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।।


















